राजनीति


शान्ति प्रक्रियाप्रति संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको चासो

शान्ति प्रक्रियाप्रति संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको चासो

नेपालखबर
साउन १५, २०८२ बिहिबार २०:३८, काठमाडौँ

गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले भेट गरेका छन्।

सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयोजक हाम्दीबीच आज भेटवार्ता भएको हो।

भेटमा संयोजक हाम्दीले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चासो व्यक्त गरिन्।

उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन तथा नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने गृहमन्त्री लेखकसमक्ष प्रतिवद्धता व्यक्त गरिन्।

गृहमन्त्री लेखकले सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत सरकार शान्ति प्रक्रियाको काम टुङ्गोमा पुर्‍याउन सक्रिय रहेको बताए।

विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति उनले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि संयोजक हाम्दीसँग आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad