राजनीति


सहरी विकासमन्त्री भन्छन्- कांग्रेस-एमालेको ७ बुँदे सहमतिलाई कसैले कम नआँक्नू

सहरी विकासमन्त्री भन्छन्- कांग्रेस-एमालेको ७ बुँदे सहमतिलाई कसैले कम नआँक्नू

नेपालखबर
साउन १५, २०८२ बिहिबार १३:२३, काठमाडौँ

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सातबुँदे सहमतिलाई कम नआँक्न आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले जनताको मागमा दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएको बताए।

'सरकारमा खालि सत्तामा जान, मन्त्री, उपप्रधानमन्त्री हुनमात्रै गएका होइनौँ । सातबुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आँकलन नगरौँ,' उनले भने।

सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिन अहिलेको सरकार बनेको उनको भनाइ छ। सिंहले वर्तमान सरकार ६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर अघि बढेको उनको भनाइ छ।

'राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) मिलेर अरू दलहरूलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको छ। नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो,' उनले भने।

अर्को प्रसंगमा उपप्रधानमन्त्री सिंहले कांग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताए। कांग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad