राजनीति


द्रुतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

द्रुतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा प्रधानमन्त्रीको चासो

नेपालखबर
साउन १२, २०८२ सोमबार ६:९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु ललितपुरको खोकना क्षेत्रमा देखिएका समस्या समाधानको पहल अघि बढाएका छन्।

उनले सोमबार दिउँसो सो विषयमा सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग जानकारी लिइ समस्या समाधान गर्नेबारे छलफल गरेका हुन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोजनाको हालको प्रवेश विन्दु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको फुडोलमा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श गरिएको छ। 

खोकना क्षेत्रमा नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकाले त्यसलाई सम्बोधन गर्ने विकल्प बारे छलफल भएको छ। 

छलफलपछि प्रधानमन्त्री ओलीले समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयबासीको माग सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन्। 

छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिवहरुको उपस्थिति थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad