राजनीति


विद्या, प्रचण्ड र झलनाथ एकै मञ्चमा देखिने

विद्या, प्रचण्ड र झलनाथ एकै मञ्चमा देखिने

नेपालखबर
साउन ६, २०८२ मंगलबार १२:५८, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल शनिबार (१० साउन) एकै मञ्चमा देखिने भएका छन्। 

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी, पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र खनाल एकै कार्यक्रममा सहभागी हुन लागेका हुन्। 

पुष्पलालका अनुयायी एवं पुराना कम्युनिस्ट नेता लोककृष्ण भट्टराईद्वारा लिखित पुस्तक ‘निर्वासन’ को लोकार्पण पूर्वराष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र खनालले कमलादीस्थित प्रज्ञा भवनमा गर्दै छन्। 

‘कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति भण्डारी हुनुहुनेछ’ पुस्तकका लेखक भट्टराईले नेपालखबरसँग भने, ‘भण्डारीका साथ प्रचण्ड र खनालले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुहुनेछ।’

प्रज्ञाभवनको लेखनाथ सभाहलमा हुने कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवालीपनि अतिथिको रुपमा सहभागी हुने जानकारी भट्टराईले जानकारी दिए। 

एमाले सदस्यता नवीकरण गरेको औपचारिक घोषणासहित सक्रिय राजनीतिमा प्रवेश गरेकी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालसँग मञ्च ‘सेयर’ गर्न लागेको यो पहिलोपटक हो। 

भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले वाम एकतामा सकारात्मक भूमिका खेल्ने चर्चा चलिरहेका बेला पुराना कम्युनिस्ट नेता भट्टराईले भण्डारी, प्रचण्ड र खनालबाट आफ्नो पुस्तक संयुक्त रुपमा विमोचन गराउन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad