राजनीति


युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति जरुरी छ : अध्यक्ष दाहाल

युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति जरुरी छ : अध्यक्ष दाहाल

नेपालखबर
साउन ५, २०८२ सोमबार १७:५, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली युवा पुस्तालाई कृषि क्षेत्रमा ल्याउन राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।

कीर्तिपुरमा आयोजित ‘प्रथम युवा किसान मञ्चः युवा किसान क्याम्प तथा कृषि ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उनले कृषिमा युवाको आकर्षण बढाउन सरकारले विभिन्न प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

दाहालले कृषि क्षेत्रको विकास गरी आत्मनिर्भर बन्न शिक्षित, प्रविधिमैत्री र सचेत युवाहरूको कृषि कर्ममा सक्रिय सहभागिता अहिलेको आवश्यकता अनिवार्य भइसकेको उल्लेख समेत गरे।

‘देशको समृद्धिको आधार कृषि हो भने किसान समृद्धिका आधारशिला हुन्,’ उनले भने, ‘तर, आजसम्म पनि वास्तविक किसानहरूसँग जमिन नहुनु, सिँचाइ अभाव, मल, बीउ, बजारीकरण र न्यूनतम समर्थन मूल्यका चुनौती र समस्याहरु उस्तै छन्।’

संविधानले समाजवादउन्मुख अर्थतन्त्रको मार्ग निर्देश गरेको भए पनि त्यसको मूल आधारका रूपमा रहेका किसानको जीवनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको अध्यक्ष दाहालले टिप्पणी गरे। 

विगतका जनआन्दोलन, किसान आन्दोलन, जातीय, लैङ्गिक र वर्गीय संघर्षको फलस्वरूप प्राप्त संविधानमा उल्लेख गरिएका अधिकारहरूको व्यवहारिक कार्यान्वयन जरुरी भएको उनले बताए। ‘संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन,’ दाहालले भने, ‘युवाहरूको सक्रियता र नेतृत्वबिना कृषिको रूपान्तरण सम्भव छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad