राजनीति


होटल याक एन्ड यतीमा शेखर समूहका सांसदको छलफल जारी

होटल याक एन्ड यतीमा शेखर समूहका सांसदको छलफल जारी

नेपालखबर
साउन ४, २०८२ आइतबार १४:४६, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो समूहका सांसदहरूसँग छलफल गरिरहेका छन्। काठमाडौँको दरबारमार्गस्थित होटल याक एन्ड एतिमा कोइराला समूहका सांसदहरू भेला भएका छन्। 

सरकारको तीव्र आलोचना गरिरहेका कोइरालाले अहिले आफ्ना समूहका सांसदहरूसँग छलफल गरेका हुन्।  

सांसद हृदयराम थानीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल केन्द्रित भएको जानकारी दिए।
'पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ,' उनले भने। 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्षसहित शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका शेखरले आज भने आफूनिकटसँग छलफल गरिरहेका छन्।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad