राजनीति


श्रमिकको वेतन वृद्धिप्रति माओवादीनिकट मजदुर संगठनको आपत्ति

एमाले र कांग्रेसनिकट संगठनले श्रमिकमाथि घात गरेको आरोप
श्रमिकको वेतन वृद्धिप्रति माओवादीनिकट मजदुर संगठनको आपत्ति

जगलबहादुर सिंखडा


नेपालखबर
साउन २, २०८२ शुक्रबार १०:३८, काठमाडौँ

श्रमिकको न्यूनतम वेत वृद्धिप्रति अखिल नेपाल ट्रेड युनियम महासंघले असन्तुष्टि व्यक्त गरेको छ। 

संगठनका अध्यक्ष जगलबहादुर सिंखडाले आज अपिल सार्वजनिक गर्दै जीवन यापन हुनेगरि श्रीमकको पारिश्रमिक वृद्धि नभएको भन्दै असन्तुष्टि जनाएका हुन्। 

‘सत्तारुढ नेपाली कांग्रेस र एमालेका मजदुर संगठनका प्रतिनिधि र रोजगारदाताबीच मात्रैले गैर कानुनी रुपमा छलफल गरेर झुट पत्रमा हस्ताक्षर गरी जिवन उपयोगी पारिश्रमिक निर्धारणको आशामा बसेका लाखौं श्रमिकको पेटमा छुरा प्रहार गरेको’ आरोप सिंखडाले लगाएका हुन्।

‘श्रमिकको परिवारको जीवन धान्न नै कठिन हुने किसिमले हाल कायम रहेको रु १७,३००।– न्यूनतम पारिश्रमिकमा रु. २,२५०।– थप गरी रु. १९,५५०।–मात्र कायम गर्ने गरी सहमति गरेको भन्ने जानकारी भएकोले हाम्रो महासंघ यसलाई सरकार आबद्ध ट्रेड युनियन महासंघले श्रमिकलाई गम्भीर धोका दिएको ठहर गर्दछ,’ सिंखडाले भनेका छन्, ‘बिचौलियाको सहमतिमा निर्धारण भएको पारिश्रमिकले श्रमिकहरुको आकांक्षा र आवश्यक्ताको हत्या गरेको निष्कर्षमा हामी पुगेका छौँ,’ अपिलमा भनिएको छ। 

अपिलमा धोकापूर्ण तरिकाबाट निर्धारण भएको पारिश्रमिकको जोडदार रुपमा बिरोध गरेको छ। 

‘गैर कानूनी र धोकापूर्ण रुपमा निर्धारण गरिएको न्यूनतम पारिश्रमिक बदर गरी तत्काल श्रमिकको जीवन निर्वाह हुने पारिश्रमिक निर्धारण गर्न सरकारसँग अनुरोध गर्दछौँ,’ अपिलमा भनिएको छ, ‘षड्यन्त्रपूर्वक निर्धारण गरिएको न्यूनतम पारिश्रमिकको बिरोध गर्न र कपटपूर्ण कार्यको भण्डाफोर गर्न देशभरका सम्पूर्ण श्रमिकहरुसँग हार्दिक अपिल गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad