सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्थाका लागि जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनको प्रगति विवरण माग गरेको छ।
निर्देशनालयले निर्वाचन आयोगमा पत्राचार गरी सर्वोच्च अदालतको २०७४ चैत ७ को आदेश कार्यान्वयनका लागि भएका काम कामकारबाहीको विवरण माग गरेको हो।
‘तहाँ निर्वाचन आयोगबाट प्रेषित च. नं. २३९ मिति २०८२/०३/१० को पत्रमा निर्वाचन व्यवस्थापन विधेयक, २०८० व्यवस्थापिका संसदमा पेस गर्ने प्रयोजनको लागि नेपाल सरकार गृह मन्त्रालय समक्ष पेश गरिएको भनिएकोमा उक्त विधेयक हाल के कुन अवस्थामा छ? सोको प्रगति विवरण सहितको जानकारी यथाशीघ्र यस निर्देशनालयमा पठाउन’ पत्रमा भनिएको छ।


51
Shares

प्रतिक्रिया