राजनीति


नेपाल औषधि लिमिटिडसँग औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

नेपाल औषधि लिमिटिडसँग औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

नेपालखबर
असार २७, २०८२ शुक्रबार १६:१०, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल औषधि लिमिटिडले उत्पादन गर्ने औषधिहरू जिटुजी माध्यमबाट खरिद गर्नेगरी सम्झौता गर्ने तयारी गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा यसबारे जानकारी गराइएको हो।

गत असार १८ गते गरेको नेपाल औषधि लिमिटेड र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा शुक्रबार समितिको बैठकमा छलफल भएको हो।

छलफलका क्रममा बोल्दै स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति तथा योजना अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल औषधि लिमिटेडसँग त्यहाँ बन्ने औषधिहरू जिटुजी मोडलमा खरिद गर्नेगरी एमओयू गर्ने तयारीमा रहेको बताए।

उनले औषधि बनाउने ठाउँमै गुणस्तर नभए स्वस्थपरक औषधि दिन नसकिने बताए। अनुगमन नभएका कारणले पनि गुणस्तरमा सुधार आउन नसकेको अवस्थाहरू रहेको जिकिर गरे। 
उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल औषधि लिमिटेडसँग त्यहाँ बन्ने औषधिहरू जिटुजी मोडलमा खरिद गर्नेगरी एमओयु गर्ने तयारीमा पनि रहेको छ। त्यहाँ गुणस्तर भइदिएन भने हामी नेपालीहरूले कसरी स्वस्थपरक दिनसक्छौँ। जीवनजलमा इस्यु हुनसक्छ। बन्ने ठाउँमा नै गुणस्तरीय भएन भने समस्या आउँछ।’

हप्तामा ६५० रुपैयाँको कस्तो खाना आउँछ? 
खाद्य गुणस्तर निरीक्षक ईश्वर सुवेदीले खाद्यमा सम्झौता गर्न नहुने बताए। उनले भान्सामा सम्झौता गर्दा अस्वस्थताका साथै दीर्घकालीन असर पर्ने भएकाले त्रिभुवन विश्वविद्यालय, किर्तिपुर स्थित छात्राबासको मेसमा विशेष ध्यान दिन जरुरी रहेको बताए। विश्वको नाम चलेको विश्वविद्यालयमा कुनैपनि बेला खानेकुराका कारण हुने समस्याले देशको छवि नै मेटिने बताए। 

उनले भने, ‘किचनमा हुने फ्यासालिटीमा कम्परमाइज हुनु हुँदैन, यो विश्वविद्यालयले गर्नैपर्छ। अवस्था दर्दनाक छ। प्रत्येक विद्यार्थीले प्रतिहप्ता ६५० देखि ७५० रुपैयाँ खर्च गरेर बेलुका खाना खाने कुरा आएको छ। त्यसो हो भने कस्तो खाद्यवस्तु विद्यार्थीले प्रयोग गरिरहेका छन्, हामी सबैमा प्रश्न चिन्ह छ। यसलाई कसरी हुन्छ, समाधान गर्नुपर्छ।’

त्रिभुवन विश्वविद्यालयको छात्रावासमा बस्ने विद्यार्थीले प्रतिहप्ता ६५० देखि ७५० को खाना खाने गरेको पाइएको भन्दै हप्तामा खाने ७५० सम्मको खानाको कस्तो गुणस्तरको छ भन्ने प्रश्न उठेको बताए।

समितिले असार १८ गते गरेको नेपाल औषधि लिमिटेड र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित छात्रावासको मेसको स्थलगत अनुगमन गरेको थियो। आज विज्ञहरूलाई बोलाएर त्यसबारे समीक्षा गर्दै सुझाव लिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad