राजनीति


रामकुमारी झाँक्रीलाई स्पष्टीकरण दिने समय ७ दिन थपियो

रामकुमारी झाँक्रीलाई स्पष्टीकरण दिने समय ७ दिन थपियो

नेपालखबर
असार २४, २०८२ मंगलबार २०:८, काठमाडौँ

नेकपा एकीकृत समावादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थपेको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले स्पष्टीकरण सोध्ने समय ७ दिन थपिएको सोमप्रसाद पाण्डेले नेपालखबरलाई जानकारी दिए। 

'भोलि नदोहोरिने गरी, पुन: नदोहोरिने गरी एक हप्ताभित्र स्पष्टीकरण दिन समय दिइएको छ' उनले भने। 

यसअघि असार १७ गते झाँक्रीलाई पार्टीको केन्द्रीय अनुशासन आयोगका उपप्रमुख बालचन्द्र मिश्रले ३ दिनको म्याद दिएर स्पष्टीकरण सोधेका थिए।  

असार १५ मा बुटवलमा आयोजित पार्टीनिकट युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपालमाथि प्रश्न उठाएकी थिइन्।  

'कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,' उनले भनेकी थिइन्, 'अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।' 

पतन्जलीको जग्गा प्रकरणमा मुछिएका नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश गरेको छ। उनको सांसद पद पनि निलम्बनमा परेको छ।  

काभ्रेपलाञ्चोकमा पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीको नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेचको प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad