राजनीति


कुलिङ पिरियड हेरफेरबारे छानबिन गर्न माओवादीको माग

कुलिङ पिरियड हेरफेरबारे छानबिन गर्न माओवादीको माग

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८२ मंगलबार १२:१०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले कुलिङ पिरियड हेरफेर गरी सार्वभौम संसद्को अधिकारमाथि हस्तक्षेप गरिएको बताएका छन्। कुलिङ पिरियड हेरफेरबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएर बाहिरिने क्रममा उनले संसदको उपहास गर्ने काम भएको प्रतिक्रिया दिएका हुन्।

‘यसमा सरासरी, नियतवश, समितिले पास गरेको विषयभन्दा बाहिर गरेको भन्ने समितिका सदस्यहरूको भनाइ छ,' उनले भने,'सभापतिले पनि मेरो जानकारीबिना भयो भन्नुभएको छ। यो संसद्को उपहास गर्ने गरी, हाम्रो सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने गरी जुनकुरा गरियो, षड्यन्त्र गरियो, बदमासी गरियो। तुच्छ कार्य हो यो।’ 

उनले यो कार्यको सबैभन्दा पहिला छानबिन हुनुपर्ने बताए। उनले यो कार्यको जिम्मेवारी कसले लिने भन्दै पनि प्रश्न गरे। ‘यसको जिम्मा सचिवले लिने? सभापतिले लिने या समितिले लिने? जिम्मेवारी लिनुपर्छ। यो खालको छलछाम गरेर, कानुनमै हेराफेरी हुने अवस्था आयो भने देशमा जनताले कसलाई विश्वास गर्ने? व्यवस्थापिकाको कसरी विश्वास गर्ने?,' उनले थपे, 'कानुनप्रति कसरी विश्वास गर्ने?हामीप्रति गम्भीर प्रश्न उठेको छ। यसको जवाफ छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाएर मात्रै सच्चाउने दिशामा अगाडि बढ्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad