ad ad

राजनीति


राजमो अध्यक्ष केसीको आग्रहः लकडाउनले रोकिएकालाई घर जान दिऊँ

राजमो अध्यक्ष केसीको आग्रहः लकडाउनले रोकिएकालाई घर जान दिऊँ

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ९:१,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लकडाउनका कारण देशका विभिन्न ठाउँमा रोकिएर बसेका नागरिकलाई आ–आफ्नो घर जान दिन सरकारसँग आग्रह गरेका छन्।

काठमाडौंमा रोकिएकालाई गाउँ जान र गाउँमा रोकिएर बसेकालाई काठमाडौं आउन दिन केही दिनको लागि बाटो खोल्न केसीले माग गरेका हुन्। यस्तै, भारतमा रोकिएका नेपालीलाई पनि घर आउन दिन केसीले आग्रह गरेका छन्।

शुक्रबार एक वक्तव्य प्रकासित गरी अध्यक्ष केसीले लकडाउनका कारणले काठमाडौंमा रोकिएर जिल्लाहरूमा जान नपाएकाहरू मात्र होइन, जिल्लाहरूमा रोकिएर काठमाडौंमा आउन नपाएकाहरू तथा भारतको सीमामा रोकिएर नेपाल आउन नपाएकाहरूलाई पनि दुई–तीन दिनको लागि बाटो खुला गर्न माग गरे।

‘सरकारले दुई दिनका लागि यातायात खुला गर्ने जुन निर्णय गरेको थियो, त्यो सही थियो। तर त्यो एकांकी र अपूर्ण थियो’ केसीले भनेका छन्, ‘लकडाउनका कारणले काठमाडौंमा रोकिएर जिल्लाहरूमा जान नपाएकाहरू मात्र होइन, जिल्लाहरूमा रोकिएर काठमाडौंमा आउन नपाएकाहरू तथा भारतको सीमामा रोकिएर नेपाल आउन नपाएकाहरूलाई पनि दुई–तीन दिनको लागि बाटो खुला गर्नुपर्ने आवश्यकता छ।’

अध्यक्ष केसीले सरकारलाई यसबारे तीन बुँदे सुझाव दिएका छन्ः १) काठमाडौंमा रोकिएर बसेकाहरूलाई आफ्ना गाउँहरूमा जानको लागि अवसर दिने। २) विभिन्न व्यवहारिक कारणले जिल्लाहरूमा गएर रोकिएर बसेकाहरूलाई राजधानीमा आउनको लागि अवसर दिने। र, ३) भारतमा विभिन्न सीमाहरूमा रोकिएर बसेका नेपालीहरूलाई नेपालमा आफ्नो घरहरूमा आउन अवसर दिने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .