राजनीति


संसद् बैठकअघि पाँच दलका प्रमुख सचेतक र सचेतकसँग सभामुखको छलफल

संसद् बैठकअघि पाँच दलका प्रमुख सचेतक र सचेतकसँग सभामुखको छलफल

नेपालखबर
असार १५, २०८२ आइतबार १३:११, काठमाडौँ

संसद् बैठकअघि पाँच दलका प्रमुख सचेतक र सचेतकसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन्।   

छलफलमा एमालेकका मुख्य सचेतक महेश बर्तौला, नेपाली का‌ंग्रेसकी समेतक सुशीला थीङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख समेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन्। 

रास्वपा र राप्रपाले सदनमा भिजिट भिसा प्रकरणको विषय उठाएर विरोध जारी नै राखेका छन्। उनीहरूले गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिनको माग गरेका छन्।  

सभामुख देवराज घिमिरेले सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई सहभागी हुन आह्वान गरे। 

'सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुखको आह्वान
महत्त्वपूर्ण विधेयकमा संसदका प्रमुख दलहरू छुट्नु राम्रो भएन,' उनले भने, 'निजामति शिक्षा जस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन अनुरोध।' 

आजको प्रतिनिधिसभाको बैठकमा संघीय निजामती सेवा विधेयक पेस गर्ने कार्यसूची छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad