समाज


प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत सुवेदीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत सुवेदीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार ९, २०८२ सोमबार १६:१७, काठमाडौँ

प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत सुवेदी, सुन्दर कर्णाली संस्थाका प्रतिनिधि तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रदेश अस्पताल, सुर्खेतमा सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत कर्मचारी तृप्ती शाहीले स्वास्थ्य बिमा शाखाको नाम दर्ता गर्ने काउण्टरमा खटिई बिमितहरुको नाम दर्ता गर्ने कार्य गर्दै आईरहेकोमा निजले अनाधिकृत रुपमा बिलिङ्ग काउन्टरमा प्रबेश गरी बिलिङ्ग गर्ने गरेको र बिलिङ्गबाट प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरेको अख्तियारको ठहर छ।

यस सम्बन्धी उजुरीमाथि अनुसन्धान हुँदा लेखा अधिकृत सुवेदीसहित शाही र सिंजाली मगरले आफ्नो जिम्मामा रहेको प्रदेश अस्पताल सुर्खेतको सम्पत्ति हिनामिना/हानिनोक्सानी तथा दुरुपयोग गर्ने बदनियतले २०८० साउन १ देखि २०८१ साउन ३२ सम्मको अवधिमा संकलन भएको राजस्व रकम रु.३४ लाख ३ हजार ८५६ रुपैयाँ ५० पैसा मध्ये ८ लाख ३६ हजार ३३० रुपैयाँ रकम अस्पतालको खातामा दाखिला गरी गराई बाँकी रू.२५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा रकम हिनामिना गरेको पाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad