राजनीति


संसद्‍मा फेरि ‘ढेउवा’ले पायो चर्चा

संसद्‍मा फेरि ‘ढेउवा’ले पायो चर्चा

खानेपानीमन्त्री प्रदीप यादव र नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठ


नेपालखबर
असार ९, २०८२ सोमबार १४:०, काठमाडौँ

संघीय संसद् प्रतिनिधिसभामा फेरि एक पटक ‘ढेउवा’ले चर्चा पाएको छ। 

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले २०७९ को चुनाव प्रचारताका चर्चामा ल्याएको ढेउवा अर्थात पैसामाथि सोमबार फेरि संसद् बैठकमा टिकाटिप्पणी भएको हो।

रौतहटमा चुनाव प्रचारका क्रममा नेता नेपालले आफूलाई जिताएमा  विदेश जानेलाई निशुल्मा भिसा र टिक (बिना ढेउवा) को व्यवस्था गर्ने बताएका थिए। जुन पछि ‘बिना ढेउवाके’ भनेर चर्चित समेत भएको थियो। 

खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदका गुनासाहरु सम्बोधन गर्दै ढेउवा भएमात्रै सबैको गुनासो सम्बोधन गर्न सकिने बताए।

‘बजेट भएन भने के गर्ने? ढेउवा पहिले चाहियो नि,’ उनको जवाफ थियो, ‘ढेउवा भयो भने धेरै काम हुन्छ। ढेउवा भएन भने के काम हुने?त्यसकारण यसमा ढेउवा पनि चाहियो।’

मन्त्री यादवले थपे, ‘यसमा मान्यजीहरुले पनि जोड लगाउनुपर्‍यो। खाने पानीका लागि ढेउवाको व्यवस्था गरिदिनुपर्‍यो। ढेउवा भयो भने म त के के न गरिदिन्छु। ढेउवा हुनुपर्‍यो समस्या समाधान हुन्छ। ढेउवा नभए गर्ने के?’

ढेउवामाथि फेरि चर्चा गरे नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले। मन्त्रीको जवाफ सुनेपछि बोलेका उनले सबैकुरा गर्ने प्रतिवद्धता पनि जनाउने अनि ढेउवा छैन् पनि भन्ने भन्दै मन्त्रीमाथि प्रश्न गरे।

‘खानेपानीमन्त्रीज्यूले उत्तर दिने शिलशिलामा विशेषगरी मधेसमा ओभरहेड ट्यांकी बनेर घामपानी खाइरहेको छ, यो पटक त्यस्तो हुनदिन्नँ,त्यो सम्पन्न गर्छु भनेर प्रतिवद्धता जानाउनु भएको छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि धन्यवाद। तर, प्रतिवद्धता जनाइरहँदा ढेउवा कता? ढेउवा नभए कसरी प्रतिवद्धता मात्रै जनाएर हुन्छ? ढेउवा त छैन भन्नु भएको छ।’

अनि उनले ठूला नेताहरुको क्षेत्रमा ढाल्न त ढेउवा होला नि भनेर प्रतिप्रश्न समेत गरे। ‘अर्थमन्त्री, प्रधानमन्त्री ठूला ठूला नेताकोमा हाल्न त ढेउवा होला,’ श्रेष्ठको प्रश्न छ, ‘मधेसमा हाल्न ढेउवा होला कि नहोला? यो कुरो खानेपानीमन्त्रीले बुझ्नुहोला। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad