नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट नपरेकामा आफ्नो क्षेत्रका जनप्रतिनिध र जनताबाट व्यापक असन्तुष्टि आएको उल्लेख गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै आफ्नो पालिकाको वडाध्यक्षबाटै पालिकामा आउलास नि भनेर एसएमएस आएको समेत बताए।
‘एउटा मेरो पालिकाको वडाध्यक्षले लेख्नु भएको छ–ङिच्च गर्दै मेरो पालिकामा आउलास् नि तँ भनेर एमएमएस गर्नु भएको छ। त्यो एसएमएस अर्थमन्त्रीलाई पठाइदिउ की? अर्थमन्त्रीलाई पठाइदिउ की? अन्य मन्त्रीलाई पठाइदिनउ की म आफैँसँग राखु की?,’ खतिवडाले भने।
सबैतरिबाट आफ्नो क्षेत्रमा बजेट माग भएको समेत उनले बताए। खतिवडाले भने, ‘सबैबाट त्यो आएको छ। मेरोबाटो खै? मेरो गुम्बा खै? मेरो स्कुल खै?मेरो मन्दिर खै? मेरो खानेपानी खै?’
2.5k
Shares

प्रतिक्रिया