राजनीति


ओली, देउवा र प्रचण्डबीच बैठकका लागि तेस्रोपटक समय निर्धारण

ओली, देउवा र प्रचण्डबीच बैठकका लागि तेस्रोपटक समय निर्धारण

नेपालखबर
असार ६, २०८२ शुक्रबार १०:१२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्न तेस्रोपटक आज (शुक्रबार) का लागि समय तोकिएको छ। 

यसअघि दुईपटक मिति तोकेर पनि तीन शीर्ष नेताबीच भेटवार्ता हुन सकेन।

बिहीबार दिउँसो २ बजे एमाले, कांग्रेस र माओवादीका प्रमुख नेताबीच वार्ता हुने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको थियो। यसअघि बुधबार हुने भनिएको छलफल पनि प्रचण्ड काठमाडौँ उपत्यकाबाहिर रहेकाले हुन सकेन। 

आज उनीहरूबीच भेटवार्ताका लागि तेस्रोपटक समय निर्धारण गरिएको हो। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार तीन शीर्ष नेताबीच आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल हुनेछ। 

उनीहरूबीच प्रतिनिधि सभा बैठकमा भइरहेको अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसद् बैठक सञ्चालन गर्न सहमत भइसके पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभामा विरोध जारी राखेका छन्।

यी दुई विपक्षी दल भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडानमा छन्। माओवादी भने यो मुद्दा छाडेर सत्ता पक्षसँग मिलेको भन्दै आलोचना भइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad