राजनीति


रास्वपाका कारण संसद्को लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था आयो : बर्तौला

रास्वपाका कारण संसद्को लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था आयो :  बर्तौला

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८२ मंगलबार १८:५५, काठमाडौँ

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसद्‍मा देखाएको विरोध शैलीप्रति आपत्ति जनाएका छन्।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले रास्वपाका कारण सांसद हुँ भनेर हिँड्न पनि लाज लाग्ने अवस्था आएको टिप्पणी गरे।

‘संसद् राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरुको विरोधको नाममा कपालभाँती गर्ने ठाउँ होइन, उहाँहरुले विरोधको जे शैली अवलम्वन गरिरहनु भएको छ यसले हामी आफैलाई पनि यो लोगो लगाएर हिँड्न अपमानित हुने परिस्थिति सिर्जना गरिरहनुभएको छ,’ बर्तौलाले भने, ‘विरोधको शैलीमा पनि उहाँहरुले न्यूनतम मर्यादामा रहनुपर्छ।’

उनले थपे, ‘त्यो न्यूनतम मर्यादालाई पनि समाप्त पारेर जुन शैली र व्यवहारका साथ विरोध गरिरहनुभएको छ, त्यसले हाउस अगाडि जाने कुरा सहज भएन। त्यसकारण सभामुखज्यूले दलहरुका बीचमा सहमतिको वातावरण बनाउन आग्रह गर्नुभएको छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad