दिल्लीका लागि उडेको एयर इन्डियाको जहाजमा समस्या देखिएपछि हङकङ नै फर्कियो

दिल्लीका लागि उडेको एयर इन्डियाको जहाजमा समस्या देखिएपछि हङकङ नै फर्कियो

एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर (सटरस्टक)


नेपालखबर
असार २, २०८२ सोमबार १४:५७, हङकङ

सोमबार नयाँ दिल्लीका लागि उडेको एयर इन्डिया बोइङ ७८७-८ ड्रिमलाइनर समस्या देखिएपछि हङकङ नै फिर्ता भएको छ।

सोमबार दिउँसो हङकङ विमानस्थलबाट प्रस्थान गरेको विमान १ घण्टामा हङकङ नै फर्किएको थियो। उडान ट्र्याकिङ एप फ्लाइटराडार२४ ले देखाएअनुसार एआई३१५ दिउँसो १२:१६ मा हङकङबाट प्रस्थान गरेको थियो।

तर, ६ घण्टाको उडानका लागि प्रस्थान गरेको विमान १ घण्टामा हङकङ नै फर्किएको थियो। हङकङ विमानस्थल प्राधिकरणकाअनुसार उडान दिउँसो १ बजे सहरको विमानस्थलमा फर्किएको थियो। ‘स्थानीय स्ट्यान्डबाइ’ अनुरोधपछि करिब १:१५ बजे सुरक्षित अवतरण भएको थियो।

स्ट्यान्डबाइ शब्दले त्यस्तो अवस्थालाई जनाउँछ जहाँ विमानस्थल नजिक पुग्ने विमानमा त्रुटि भएको थाहा हुन्छ वा शंका गरिन्छ तर यो समस्याले सुरक्षित अवतरण गर्नमा उल्लेखनीय कठिनाइ उत्पन्न गर्दैन।

पाइलटले विमानमा प्राविधिक समस्या भएको शंका गरे र सुरक्षा सावधानीका लागि हङकङ फर्कने निर्णय गरेको एयर इन्डियाले बताएको छ।

यो समाचार यस्तो अवस्थामा आएको छ, जबकि ५ दिनअघि मात्र एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर उड्नेबित्तिकै दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको थियो। त्यतिबेला विमानमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको थियो। साथै, विमान बजारिएको ठाउँमा पनि मानिसहरू हताहत भएका थिए। (एजेन्सी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .