संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
सभामुख घिमिरेले संसद्को अवरोध पूर्ण रूपमा हटाउने विषयमा मुख्य तथा प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
उनले सोमबार प्रमुख ५ दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन्। छलफलमा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका श्यामकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपाका ज्ञानेन्द्र शाही सहभागी छन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले गत जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएका थिए। तर, प्रमुख प्रतिपक्षी माओवादीले शुक्रबार २ बुँदे सहमति गरेर अवरोध हटाएको थियो।
तर, रास्वपा र राप्रपा त्यसमा सहमत भएनन्। उनीहरूले भने संसद् अवरोध जारी राखेका छन्।
Shares

प्रतिक्रिया