राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले आइतबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आफूहरूको विरोधबीच बजेटमाथिको छलफल अघि बढाइएको भन्दै बैठक बहिष्कार गरिएको राप्रपाकी सचेतक बिना लामाले नेपालखबरलाई जानकारी दिइन्।
उनले सदनमा सांसदहरूले उठेर, वेल घेराउ गरेर, नाराबाजी गरिरहँदा कार्यसूची प्रवेश गराएपछि आजको बैठक बहिष्कार गरिएको बताइन्।
'सदनमा सांसदहरू उठेको खण्डमा संसद्को अभ्यासमा, नियमावलीमा सदन नचल्ने उल्लेख भएकै कुरा छ,' उनले भनिन्, 'सदनको चौथो र पाँचौँ दल उभिरहेको छ, नाराजुलुल गरिरहेको छ। तर सत्तापक्षले बहुमतको बलमा अघि बढाएको छ। यो त दादागिरी भयो भनेर आजका लागि बहिष्कार गरेर निस्किएका हौँ।'
747
Shares

प्रतिक्रिया