प्रतिनिधिसभा बैठक सञ्चालनमा आज पनि अवरोध भएको छ। विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदनमा अवरोध गरेका हुन्।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसँग दुई बुँदे सहमति गरेको नेकपा माओवादी केन्द्रले भने आजको बैठकमा पनि विरोध जनाएन। शुक्रबारको बैठकदेखि माओवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र उनको राजीनामा माग्न छोडेको हो।
सभामुख देवराज घिमिरेले बैठक आरम्भ गरेपछि उनीहरूले उठेर विरोध जनाएका थिए।
प्रतपक्षी सांसदले विरोध गरिरहे पनि शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्नको लागि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नको लागि समय दिएका थिए।
शुक्रबारको बैठकमा घिमिरेले गृहमन्त्री रमेश लेखकलाई पनि बोल्न दिएका थिए। लेखकले माफूमाथि असत्य आरोप लगाइएको दाबी गरेका थिए।
आजको बैठकमा सभामुखले कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न दिएका छन्। तर दुई दलले विरोध जनाइरहेका छन्।
Shares

प्रतिक्रिया