राजनीति


राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर संसद् बन्धक हुन सक्दैन: महेश बर्तौला

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर संसद् बन्धक हुन सक्दैन: महेश बर्तौला

नेपालखबर
असार १, २०८२ आइतबार १२:४५, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्‌ अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसक्ने बताएका छन्। सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले संसद्‌लाई लामो समय अनिर्णयको बन्धी बनाउन नसकिने भन्दै रास्वपाले जनताका मुद्दा संसद्‌मा राख्न नदिने काम गरिरहेको बताउँदै संसद्‌ आजबाट आफ्नो नियमावलीअनुसार अघि बढ्ने बताए। शोक प्रस्ताव राख्दा पनि वेल घेराउ गरिरहनु सहिदप्रतिको अपमान भएको जिकिर गरे। सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भए पनि शोक प्रस्ताव राख्दा समेत विरोध गर्नुले संसद्‌को मर्यादा गिराएको बताए।

अशोभनीय व्यवहार र प्रवृत्ति संसद्‌मँ देखिनु राम्रो नभएको बताउँदै भने, ‘संसद्‌मा लामो समयसम्म यस प्रकारको अवरोध मात्रै कायम राखिरहने, यस प्रकारको मनशायबाट हिँडिरहने उहाँहरूको कार्यशैलीमा हामी सधैँ अल्झिन सक्दैनौँ। हाउस आफ्नो विधानबमोजिम अघि बढ्छ। आजदेखि हाउस नियमित प्रक्रियाबाट अघि जान्छ। सभामुखज्युले शोक प्रस्ताव राख्दा पनि उहाँहरू वेल घेराउको क्रममा रहनुभयो। त्यो प्रक्रिया सामान्यतया एउटा शोक प्रस्ताव भनेको एउटा सम्मान हो। त्यतिबेला उहाँहरूले आसन ग्रहण गर्नुपर्दथ्यो। वेल घेराउ भनेको त सरकारी बिजनेसमाथिको विरोध हो।'

प्रमुख सचेतक बर्तौलाले संघीय निजामति लगायतका महत्त्वपूर्ण विधेयकहरू आजको संसद्‌ बैठकबाट अघि बढाइने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad