राजनीति


गृहमन्त्रीको आरोप: रास्वपाको पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ

गृहमन्त्रीको आरोप: रास्वपाको पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १७:४४, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले आफ्नाविरुद्ध नक्कली जाहेरीहरू लेखेर विभिन्न ठाउँमा मुद्दा दर्ता गर्न खोजेको थाहा पाइसकेको बताएका छन्।  

शुक्रबार १८ दिनपछि कार्यसूचीमा प्रवेश गरेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिन रोस्टममा पुगेका उनले उल्टै रास्वपामाथि आरोप लगाएका हुन्।  

'पार्टीका कार्यालयमा नक्कली तथाकथितलाई बोलाएर नक्कली जाहेरीहरू लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयन्त्र भइरहेका छन्,' उनले भने, ' रास्वपाको नाम उल्लेख नगरी उनले भने, 'कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ।  यस्ता किर्ते जालसाज, अमर्यादिन कार्य गरेर राजनीतिक अभिष्ट पूरा गर्न नलाग्न म साथीहरूलाई आग्रह गर्छु।'

यस्ता अपमानजनक कार्य र नक्कली पीडीत खडा गर्नेलाई पत्ता लगाएर कारबाही  गरिने उनको भनाइ छ।  

'तपाईं (रास्वपाका सांसद)का पार्टी कार्यालय किर्ते जालसाजीपूर्ण कार्यालय बन्दैछन् यसमा तपाईंहरू सचेत हुनुस्,' उनले भने, 'किन भने तपाईंकरू संभावना बोकेको हुनुहुन्छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad