राजनीति


न्यायाधीशमाथि मोसो दल्ने कार्यकर्तालाई रिहा गर्न माग गर्दै नेकपा बहुमतको प्रदर्शन, ७ जना गिरफ्तार

न्यायाधीशमाथि मोसो दल्ने कार्यकर्तालाई रिहा गर्न माग गर्दै नेकपा बहुमतको प्रदर्शन, ७ जना गिरफ्तार

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १७:८, काठमाडौँ

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि मोसो दल्ने कार्यकर्ता पक्राउको विरोधमा नेकपा (बहुमत) ले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। 

शुक्रबार माइतीघर मण्डलामा भएको प्रदर्शनबाट प्रहरीले सातजना नेता कार्यकर्तालाई पक्राउ गरेको अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र साहले जानकारी दिए।

प्रदर्शनबाट प्रहरीले नेकपा (बहुमत) का केन्द्रीय सदस्य झलक विक, अखिल (क्रान्तिकारी) का महासचिव उषा किरण, कम्युनिस्ट युवा संगठन नेपालका उपाध्यक्ष, प्रमोद, अखिल (क्रान्तिकारी) का सचिव हरि विष्ट, सचिवालय सदस्य सर्जन पाण्डे, केन्द्रीय सदस्यहरू सक्षम विक र समीर विकलाई पक्राउ गरेको हो।

निषेधित क्षेत्र तोड्न खोजेकोले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

गिरफ्तार कार्यकर्ताहरूलाई प्रहरी वृत सिंहदरबारमा राखिएको छ।

बिहीबार नेकपा बहुमतका कार्यकर्ताले न्यायाधीश थारुमाथि इजलासमै मोसो दलेका थिए। त्यसक्रममा प्रहरीले तीनजना कार्यकर्तालाई पक्राउ गरेको थियो।

इँटाभट्टामा जिउँदै मान्छे हालेको आरोपमा मुद्दा खेपेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिएको भन्दैै न्यायाधीशमाथि दुर्व्यवहार भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad