प्रतिनिधिसभामा आजको बैठकमा रास्वपा र राप्रपाले विरोध कायम राखेका छन्। आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गरेको जानकारी गराउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएसँगै रास्वपा र राप्रपाका सांसदले उठेर टेबल ठोक्दै विरोध जनाएका हुन्।
सभामुख घिमिरले पटकपटक उनीहरूलाई आसनग्रहणका आग्रह गरे पनि उनीहरूले आफूहरूलाई पहिले बोल्न दिन आग्रह गरेका थिए।
'मैले फेरि पनि भनिरहेको छु-कसले पहिले बोल्ने कसले पछि बोल्ने विषयलाई लिएर सभा अघि नबढाउने विषय उचित हुँदैन।'
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने रास्वपासहितको विपक्षीको माग छ।
तर, कांग्रेस-एमाले र माओवादीले भने आज मात्रै सदन सञ्चालनको विषयमा दुई बुँदे सहमति गरेका छन्। हिजोसम्म विरोधमा उत्रिएको माओवादी आज पछि हटेर कांग्रेस-एमालेलाई सहयोग गर्न पुगेको हो।
सभामुखले समय दिए पनि दुई दलले विरोध जनाइरहेपछि प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डे बोल्नका लागि उठिरहेका छन्।
Shares

प्रतिक्रिया