तीनकुने घटनाका कमाण्डर दुर्गा प्रसाईंको उपचारको व्यवस्था गर्न अदालतले आदेश दिएको छ।
जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
आदेशसँगै प्रसाईंसहित सातै जनालाई डिल्ली बजार कारागार चलान गरिएको छ। कारागारलाई अदालतले प्रसाईं क्यान्सरको बिरामी रहेकाले स्वास्थ्य उपचारको लागि आवश्यक व्यवस्था मिलाउन भनेको छ।
‘प्रतिवादी मध्येका दुर्गा प्रसाद प्रसाई क्यान्सर पीडित रहेको भन्ने अनुसन्धानको क्रमबाट नै देखिएको हुँदा निजको स्वास्थ्यको अवस्था समेतलाई दृष्टिगत गरी निजको स्वास्थ्य उपचारको लागि आवश्यक एवं उचित व्यवस्था मिलाउनु भनी सम्बन्धित कारागारलाई लेखि पठाइ दिनू’, आदेशमा भनिएको छ।
प्रसाईंसहित ३९ जनाविरुद्ध बिहीबार थुनछेक आदेश आएको थियो। ती मध्ये ३२ जना धरौटीमा रिहा भएका छन्।
Shares

प्रतिक्रिया