द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (यूएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा संसदीय उपसमिति गठन गरिएको छ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले तीन वटा संसदीय उपसमिति गठन गरेको हो।
समिति सभापति अब्दुल खानले उपसमितिको संयोजक उपसमितिको पहिलो बैठबाट तय हुनेगरी गठन गरिएको जानकारी दिए। उनका अनुसार समितिले घरेलु कामदारहरूको सम्बन्धमा निर्णय गर्न दलहरूको धारणसमेत लिने भएको छ।
सभापति खानले भने, ‘घरेलु कामदारहरूको सम्बन्धमा निर्णय गर्न दलहरूको पनि धारणा लिनुपर्ने कुराहरू भएको छ। घरेलु कामदारहरूको सम्बन्धमा तीन वटा उपसंसदीय गठन गरिएको छ। आज नै लिखित निर्णय आउँछ। उपसमितिको संयोजक चाँही बैठक बसेर तय गर्ने भएको छ।’
समितिको शुक्रबारको बैठकले द्विपक्षीय श्रम सम्झौता भएको मुलुक यूएईमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ।
Shares

प्रतिक्रिया