राजनीति


कांग्रेस र विपक्षी दलबीच छलफल जारी

कांग्रेस र विपक्षी दलबीच छलफल जारी

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १४:१७, काठमाडौँ

प्रतिनिधिसभाको गतिरोध अन्त्यका विषयमा नेपाली कांग्रेस र विपक्षी दलका नेताहरूबीच छलफल जारी छ। कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार अहिले कांग्रेसका नेताहरूले विपक्षी दल नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसँग नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेताबीच छलफल जारी छ।  

भिजिट भिसा प्रकरणमा कांग्रेसका नेता गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलले उनीमाथि छानबिनको माग राख्दै प्रतिनिधिसभा अवरुद्ध पार्दै आइरहेका छन्। 

जेठ १३ गतेदेखि सदन अवरुद्ध छ। विपक्षीले जेठ १५ गते बजेट पेस गर्न भने दिएका थिए। 
विपक्षीहरूले पाँच बुँदे सहमतिको प्रस्ताव पेस गरेको छ। जसमा गृहमन्त्रीको राजीनामा समावेश छ। 

उक्त बुँदामा सत्तापक्ष भने सहमत भएका छैनन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad