राजनीति


गृहमन्त्रीको राजीनामा आउँदैन : प्रवक्ता गुरुङ

गृहमन्त्रीको राजीनामा आउँदैन : प्रवक्ता गुरुङ

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८२ बुधबार १४:८, काठमाडौँ

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुचारु हुने बताएका छन्। बुधबार मन्त्रिपरिषद् बैठकका सार्वजनिक गर्ने कार्यक्रममा उनले आइतबार वा सोमबारसम्म (आज वा भोलिसम्म) बैठक सुचारु हुने बताए। 

‘संसद् अवरुद्ध भएको धेरै दिन भइसकेको छ,’ गुरुङले भने, ‘अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको छ। गृहमन्त्रालयको एउटा कर्मचारीमाथि, एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्दैन। धेरै हिसावले अनुपयुक्त थियो। अहिले संसदे जसरी अवरुद्ध भइरहको छ, सत्तापक्ष र प्रतिपक्षको बीचमा लामै छलफल चलिरहेको छ। आज सम्भवतः संसद् खुल्नसक्ने सम्भावना छ।’ 

गृहमन्त्रीले राजीनामा नदिने बरु संसदीय छानबिन समिति कसरी बनाउने भन्नेमा छलफल जारी रहेको उनको भनाइ छ। ‘गृहमन्त्रीले राजीनामा दिनेकुरा फेरि पनि आउँदैन,’ गुरुङले भने, ‘धेरैमा संसदीय छानबिन कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ। उठिरहेका प्रश्नको संसद्मा धारणा राख्ने र प्रतिपक्षले संसद् खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गरिरहेका छौँ। राजनीति, संसद्लाई कसरी लैजाने भन्नेकुरा सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्दैन।’

भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षली दलहरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad