काठमाडौँ महानगरका अवकाशप्राप्त इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध अकुत सम्पत्ति थुपारेको अभियोगमा दायर गरेको हो।
४ करोड ५८ लाख रूपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति भेटिएकाले उक्त सम्पत्ति भ्रष्टाचारबाट कमाएको दाबी गरी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कोइरी महानगरका सातौँ तहका इन्जिनियर थिए।
549
Shares

प्रतिक्रिया