राजनीति


विपक्षीसँगको समझदारीबारे एमालेलाई ब्रिफिङ गर्दै कांग्रेस

विपक्षीसँगको समझदारीबारे एमालेलाई ब्रिफिङ गर्दै कांग्रेस

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का। फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८२ आइतबार १७:५१, काठमाडौँ

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्नेबारे विपक्षीसँग छलफल गरेको सत्तासाझेदार कांग्रेसले अहिले सत्ताको नेतृत्वकर्ता नेकपा एमालेसँग छलफल गरेको छ।  

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एमाले र कांग्रेसका नेताहरूबीच छलफल जारी रहेको जानकारी दिए। 

'एमाले-कांग्रेसबीच छलफल जारी छ। यसै हुने भन्ने भइसकेको छैन। विभिन्न कोणमा छलफल चलिरहेको छ,' उनले नेपालखबरसँग भने, 'बेला बेलामा हामीले विपक्षी दलसँग पनि कुरा गरिरहेका छौँ।'

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलले प्रतिनिधिसभा अवरोध गर्दै आइरहेका छन्। लगातार बैठक अवरोध भएपछि कांग्रेस उपसभापति खड्काले विपक्षीसँग छलफलका लागि सक्रियता बढाएका थिए।  

एमालेसँग छलफल गर्नुअघि कांग्रेसले नेकपा माओवादी केन्द्रसहित विपक्षी दलसँग छलफल गरेको थियो। छलफलमा छानबिनका लागि लिखित प्रस्ताव तयार पार्नेबारे सहमति जुटेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad