राजनीति


प्रचण्डलाई देउवाले भने– अहिलेको जटिल परिस्थितिमा तपाईंले सहयोग  गरिदिनुपर्‍यो

प्रचण्डलाई देउवाले भने– अहिलेको जटिल परिस्थितिमा तपाईंले सहयोग  गरिदिनुपर्‍यो

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८२ आइतबार १४:३०, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद् सञ्चालन गर्नका लागि सहयोग मागेका छन्। 

शुक्रबार देउवालाई भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका प्रचण्डलाई अहिले जटिल परिस्थिति भएको भन्दै संसद् बैठक सञ्चालन गर्न सहयोग गर्न आग्र गरेका थिए। 

विपक्षीदलहरुको बानेश्वरमा जारी बैठकमा देउवासँगको भेटबारे ब्रिफिङ गर्दैै प्रचण्डले विपक्षीहरुसँग छलफल गरेर निर्णय गर्ने आफूले जवाफ दिएको बताए। 

‘कांग्रेस पार्टी सभापतिले अहिलेको जलिट परिस्थितिमा तपाईंले सहयोग गरिदिनुपर्‍यो भनेर सहयोगको हात फैलाउनुभयो भनेर  उहाँ (प्रचण्ड)ले हामीलाई सुनाउनु भएको छ,’ नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने।

भिजिट भिसा प्रकरण मुछिएका रमेश लेखकले राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्ने भन्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्। 

नेपाली कांग्रेसका गृहमन्त्रीबारे कुरा उठेकाले आफूहरुले यसबारे कांग्रेस सभापतिको धारणा बुझ्न विपक्षी दलको तर्फबाट प्रचण्डलाई बुढानीलकण्ठमा पठाएको पाण्डले उल्लेख गरे। 

‘रमेश लेखक कांग्रेसकै पार्टीको हो, उनकै पार्टीका सभापति भए,’ पाण्डेले भने, ‘के हो त यसबारेमा? स्वयं पार्टी सभापतिको धारणा के छ भनेर सल्लाह गर्नलाई तपाईं जानुहोस् प्रतिपक्षीको तर्फबाट भनेर हामीले पठाएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad