समाज


टेलिकमको बिलिङ प्रणालीमा घोटाला: बहालवाला र पूर्वएमडीसहित यी हुन् १८ जना प्रतिवादी

टेलिकमको बिलिङ प्रणालीमा घोटाला: बहालवाला र पूर्वएमडीसहित यी हुन् १८ जना प्रतिवादी

नेपालखबर
जेठ २५, २०८२ आइतबार १४:३४, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार दायर गरेको छ।

अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्कामा भएको घोटालामा विशेष अदालतमा आइतबार दायर गरेको अभियोगपत्रमा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो दाबी गरेको छ।

मुद्दामा टेलिकमका प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठ पनि अभियुक्त कायम भएका छन्।

यस्तै राजेन्द्र श्रेष्ठ, धवीन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमूल प्रधान, राजीवकुमार केसी, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, शंकरकुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेस श्रेष्ठ पनि यस मुद्दामा अभियुक्त कायम भएका छन्।

चिनियाँ ठेकेदार कम्पनी, उक्त कम्पनीका सिनियर डाइरेक्टर लङ योङ र म्यानेजर हुवाङ ओई पनि अभियुक्तको सूचीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad