नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)को अध्यक्षमा पुष्प ओली निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनले ओलीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो।
यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन्।
जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको सम्मेलनमा सहमति नजुटेपछि शुक्रबारदेखि चावहिलस्थित गोल्डेन दरबार पार्टी प्यालेसमा बन्दसत्र सारिएको थियो।
1.4k
Shares

प्रतिक्रिया