राजनीति


माधव नेपालले भनेः पतञ्जलीजस्तो संस्थामा त्यस्तो होला भन्ने कल्पना गर्ने कुरा भएन

माधव नेपालले भनेः पतञ्जलीजस्तो संस्थामा त्यस्तो होला भन्ने कल्पना गर्ने कुरा भएन

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १५:४७, रौतहट

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले कुनै बेठिक काम नगरेको प्रतिक्रिया दिएका छन्। 

बिहीबार रौतहटस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता नेपालले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री नेपालले नेपाली जनता स्वस्थ रहुन् भनेर आफूले पतञ्जलिका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको बताए। उनले अनियमितता भएको भए कर्मचारीले गरेको हुन सक्ने दाबी गरे।

‘पतञ्जलिजस्तो संस्थामा त्यस्तो भएको होला भन्ने मैले कल्पना पनि गर्ने कुरा भएन,’ उनले भने, ‘जग्गा खरिद प्रकरणमा यताउता र अनियमितता भएको भए त्यो कर्मचारीबाट भएको होला । मेरो संलग्नता छैन ।’

उनले कसैले ‘लुपहोल्स’ राखेको भए आफ्नो ध्यान त्यतातिर नरहेको स्पष्ट पारे।

‘मैले त आफ्नो तर्फबाट कुनै बेठिक काम गरेको पनि छैन । मेरो त दिमागमा पनि रहेको पनि होइन’ उनले भने, ‘कसैले कसरी के–के लुपहोल्सहरू राख्यो, त्यो लुपहोल्समा ध्यान पुग्यो पुगेन, यावत कुराहरूको बारेमा राम्ररी नबुझी म केही भन्न सक्दिनँ।’

उनले आफूले अहिलेसम्म बदमासी नगरेकाले मुद्दा दर्ता हुँदैमा नडराउने बताए।

नेता नेपालले काठमाडौँ गएपछि कानुन व्यवसायीहरूसँग परामर्श गरेर थप धारणा सार्वजनिक गर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad