राजनीति


निजामती सेवा विधेयकमा कर्मचारीको असहमति, जेठ २५ देखि देशव्यापी आन्दोलनको चेतावनी

निजामती सेवा विधेयकमा कर्मचारीको असहमति, जेठ २५ देखि देशव्यापी आन्दोलनको चेतावनी

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १२:४३, काठमाडौँ

संघीय निजामति सेवासम्बन्धी कतिपय प्रावधानप्रति आपत्ति सिंहदरबार केन्द्रित धर्ना जारी राखेका कर्मचारीले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन्।   

नागरिक सेवामैत्री एवं कर्मचारीमैत्री ऐन जारी गर्नुपर्ने भन्दै नेपाल निजामति कर्मचारी संगठनको अगुवाइमा कर्मचारीहरूले बिहीबार पाँचौँ दिन पनि सिंहदरबारमा धर्ना कार्यक्रम जारी राखेका हुन्। 

कर्मचारीको वृत्ति विकास हुने खालको ऐन प्रस्ताव नगरिएको भन्दै कर्मचारीहरूले निरन्तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिँदै आएका छन्। 

नेपाल कर्मचारी निजामति कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष प्रभास शाहले जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेर देशभर आन्दोलन गर्ने चेतावनी दिए।  

‘धर्ना कार्यक्रम गर्न लागेको आज पाँच दिन भयो। भोलिसम्म धर्नामार्फत सांकेतिक आन्दोलन गर्छौं। जेठ २५ गतेदेखि आन्दोलनको स्वरुप फेरेर देशभर आन्दोलन गर्छौं। हामी सिंहदरबारभित्र आन्दोलन गरिरहँदा र यही सिंहदरबारबाट देश चलाइरहँदा सरकारले हाम्रा कुरा सुनेको छौँ,' उनले भने, 'हामीले सुनाउन नसकेको हो कि सुन्न नचाहेको हो। त्यसकारण हामीले अगामी आइतवारदेखि आन्दोलनका नयाँ कार्यक्रमहरू ल्याउँछौँ। ऐन तत्काल जारी होस्। त्यो ऐन जारी गर्नको लागि हामीसँग पनि सल्लाह र समन्वय गरेर हाम्रा मागहरू पनि पुरा गरियोस्। आम कर्मचारी र सेवाग्राहीको भावना समेटेर सेवामैत्री र कर्मचारीमैत्री निजामति ऐन ल्याइयोस्।’ 

निजामती कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारीका ट्रेड युनियनहरूले आन्दोलनका कार्यक्रम गर्दै आइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad