गण्डकी प्रदेश सरकारले सेयर राइडिङ नियमावली तत्कालका लागि रोकेको छ। प्रदेश सचिव एवम् वार्ता समितिका संयोजक इन्जिनियर कमलकुमार अधिकारीले पत्र जारी गरी तत्काललाई नियमावली स्थगन गरिएको बताएका हुन्।
आज मात्र संघ सरकारले उक्त नियमावली रोक्नका लागि प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी सरकारलाई पत्र लेखेको थियो।
संघ सरकारको पत्रपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मातहतका निकायसँग छलफल गरेका थिए।
प्रधानमन्त्री कार्यालयले गण्डकीलाई पठायो राइड सेयरिङ नियमावली स्थगन गर्ने पत्र
'नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गरी जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणको लागि राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न अनुरोध भई आएकोले यसपूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्ष (यातायात सम्बन्धित महासंघ र संघ संगठनहरु) लाई वार्ताको लागि पुन: आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राईड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनि निर्णय भएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ' गण्डकी सरकारको धारणा भनिएको पत्रमा उल्लेख छ।


Shares

प्रतिक्रिया