राजनीति


विपक्षीको अवरोध जारी रहे पेलेरै संसद् चलाउने सत्तापक्षको तयारी

विपक्षीको अवरोध जारी रहे पेलेरै संसद् चलाउने सत्तापक्षको तयारी

फाइल तस्बिर


नेपालखबर
जेठ २०, २०८२ मंगलबार १२:४२, काठमाडौँ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद् अवरोध गरिरहेका विपक्षी दलहरु आफ्नो अडानबाट पछाडि नहट्ने देखिएपछि सत्तारुढ दलले भने पेलेरै भए पनि बैठक सञ्चालन गर्ने तयारी गरेका छन्। 

प्रतिनिधिसभाको बैकठ बस्नुअघि मंगलबार बिहान सभामुख देवराज घिमिरेले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल गरेका थिए। त्यहाँ प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले गृहमन्त्रीको राजीनामा आफूहरुको बटमलाइन रहेको भन्दै त्यसबाट पछि हट्न नसकिने बताएको थियो। 

त्यसपपिछ सभामुख घिमिरेले सत्तारुढ दल कांग्रेस र एमालेका प्रमुख सचेतकसँग छुट्दै छलफल गरेका थिए। छलफलमा विपक्षीले अवरोध जारी राखे संसद् बैठक विरोधकैबीचमा पनि चलाउने समझदारी बनेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार एमाले संसदीय दलको बैठकमा विपक्षीले अवरोध गरे बैकठ जसरी पनि चलाउने बताएका थिए।

यद्यपि, विपक्षी दलहरुको बैठकले पन गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक सञ्चालन हुन नदिने निर्णय गरेको छ। विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा २०६४ यताका सबै गृहमन्त्रीको छानबिन गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad