आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौँमा शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन्।
सरकारद्धारा विरोध कार्यक्रम गर्न निषेध गरिएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो टिप्पणी गरेका हुन्।
काठमाडौँ जिल्ला प्रशासनले चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका कार्यक्रम गर्न दुई महिनासम्मका लागि निषेध गरेको छ। सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखी दक्षिण बालकुमारी तर्फको क्षेत्र, बल्खु क्षेत्रमा विरोधका कार्यक्रम गर्न भनेको छ।
साहले अहिलेको २१ औ शताब्दीको लोकतान्त्रिक युगमा सरकारले लिएको निषेधात्मक अग्रसरता गम्भीर चिन्ताको विषय भएको भन्दै सरकारको विरोध सरकारसँग सोधेर गर्नुपर्ने सरकारको अपेक्षा दुई तिहाईको दम्भ बाहेक अरु केही पनि नभएक उल्लेख गरेका छन्।
सरकारको अलोकतान्त्रिक निर्णय तुरुन्त सच्याई नेपाली जनताको संवैधानिक हकको रक्षाको ग्यारेण्टी गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
Shares

प्रतिक्रिया