राजनीति


राजावादीहरूले भोलि नारायणचौरमा प्रदर्शन गर्ने

राजावादीहरूले भोलि नारायणचौरमा प्रदर्शन गर्ने

नेपालखबर
जेठ १७, २०८२ शनिबार २०:९, काठमाडौँ

राजसंस्था र हिन्दू राष्ट्र पुर्नस्थापनको माग राख्दै आन्दोलित भएका राजावादीहरुले यसलाई निरन्तरता दिने भएका छन्। 

नारायणहिटीमा प्रदर्शन गर्न नपाएपछि बालुवाटारको सडकमै बसेर कार्यक्रम गरेका उनीहरुले भोलि नक्सालको नारायणचौरमा कार्यक्रम गर्ने भएका छन्। 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आजको भोलि २ बजे नारायणचौधरमा प्रदर्शन हुने जानकारी नेपालखबरलाई दिए। ‘आजको कार्यक्रम सकियो,’ उनले भने, ‘भोलि नक्सालको नारायणचौरमा २ बजे कार्यक्रम हुन्छ।’

राजावादीहरू जेठ १५ गतेदेखि निरन्तर आन्दोलित छन्। राजसंस्थान पुर्नस्थापना नभएसम्म यो आन्दोलन जारी रहने श्रेष्ठले बताए। उनले भने, ‘यो आन्दोलन राजसंस्था नफर्किएसम्म चल्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad