राजनीति


रत्नपार्कमा प्रदर्शनअघि चाबहिलमा ‘संक्षिप्त समारोह’ गर्दै राप्रपा

रत्नपार्कमा प्रदर्शनअघि चाबहिलमा ‘संक्षिप्त समारोह’ गर्दै राप्रपा

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (फाइल तस्बिर)


नेपालखबर
जेठ १५, २०८२ बिहिबार ९:३१, काठमाडौँ

आज बिहीबार दिउँसो रत्नपार्कमा जुलुस गर्नुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहान चाबहिलमा संक्षिप्त समारोह आयोजना गर्ने भएको छ। 

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले अहिले बिहान ११ बजे चाबहिलस्थित पार्टीको केन्द्रीय कार्यालयमा संक्षिप्त समारोह गरी अध्यक्ष राजेन्द्र लिङ्देनले झण्डोत्तोलन गर्ने कार्यक्रम राखिएको जानकारी दिएका हुन्। 

आज राप्रपाको स्थापना दिवसको अवसर पनि भएकाले आयोजना गरिने समारोहपछि दिउँसो २ बजे रत्नपार्कमा हुने प्रदर्शनका लागि अघि बढिने उनले बताएका छन्।

आज जेठ १५ गते गणतन्त्र दिवसका उपलक्ष्यमा सत्तारुढ नेकपा एमालेले पनि रत्नपार्कमै कार्यक्रम आयोजना गर्दै छ। 

तर एमालेले कार्यक्रम सकेपछि मात्रै राजावादीले र्‍याली निकाल्ने सहमति भएको छ।

कुनै अप्रिय घटना नहोस् भनेर आज नेपाल प्रहरीले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad