राजनीति


विपक्षी दलसँग जुटेन सहमति, संसद् बैठक साढे ३ बजेलाई बोलाइयो

विपक्षी दलसँग जुटेन सहमति, संसद् बैठक साढे ३ बजेलाई बोलाइयो

नेपालखबर
जेठ १४, २०८२ बुधबार १५:१८, काठमाडौँ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले जारी राखेको संसद् अवरोध खुलाउने सभामुखको प्रयास सफल हुन नसकेपछि संसद् बैठक अझै सुरु हुन सकेको  छैन।

एक बजेर ४ मिनेटमा स्थगित भएको बैठक अब साढे तीन बजेलाई बोलाइएको सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए। 

ससद्को आजको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी लगायतले गृहमन्त्रीको राजीनमा माग गर्दै बैठक कार्यसूचीमा प्रवेश नै गर्न दिएका थिएनन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad