राजनीति


गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा

गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा

नेपालखबर
जेठ १४, २०८२ बुधबार ११:४५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत  बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय संगठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तिकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। 

कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरु गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको उल्लेख गरे। उनले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशिल बनाउन आफूहरुले चाहेको बताए।

आदिवासी जनजाति लगायतका समुदायका चाड पर्वहरुलाई राष्ट्रिय पहिचान दिने कार्यहरुको सुरुवात नेपाली कांग्रेसको नेतृत्वको सरकारले गरेको उल्लेख गरे।

‘नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरु गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ छ,’ देउवाले भने, ‘संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशिल बनाउन हामी लाग्नेछौँ।’

उनले थपे, ‘आदिवासी जनजाति लगायतका समुदायका चाड पर्वहरुलाई राष्ट्रिय पहिचान दिने कार्यहरुको शुरुवात नेपाली कांग्रेसको (मेरो) नेतृत्वको सरकारले गरेको हो भन्ने तथ्य यहाँ राख्न चाहन्छु। आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवद्र्धन गर्न कांग्रेस प्रतिवद्ध छ। संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारु आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप स्रोत साधन सम्पन्न गराउन कांग्रेस सचेत छ।’

सभापति देउवाले नेपाली कांग्रेस आदिवासी, जनजातिहरुको सशक्तिकरणका लागि सधैँ क्रियाशिल रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad