राजनीति


सदन खुलाउनेबारे सभामुखको कार्यकक्षमा प्रमुख सचेतकहरूको छलफल जारी

सदन खुलाउनेबारे सभामुखको कार्यकक्षमा प्रमुख सचेतकहरूको छलफल जारी

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १५:१८, काठमाडौँ

अवरोध प्रतिनिधिसभा बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। मंगलबारको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेपछि सभामुखले सहजीकरणका लागि छलफल बोलाएका हुन्।  

आज करिब १२ बजे सुरु भएको बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदले उठेर नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा मागेका थिए। सभामुखले पटकपटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षीले विरोध कायमै राखेपछि ३० मिनेटको लागि बैठक स्थगित गरेका थिए। २० मिनेट चलेर आधा घण्टाका लागि स्थगित बैठक पछि २:३० सम्मका लागि सूचना टाँस गरेर स्थगित गरियो। 

तर अझै बैठक सुरु हुन सकेको छैन। सभामुख, उपसभामुख र दलका प्रमुख सचेतकबीच छलफल जारी छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad