राजनीति


एमालेले जेठ १५ गते ‘उत्सव’ मनाउने

एमालेले जेठ १५ गते ‘उत्सव’ मनाउने

नेपालखबर
जेठ ११, २०८२ आइतबार २१:६, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने भएको छ।

आइतबार बसेको सचिवालय बैठकले ‘सात दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको’ प्रचार तथा प्रकाशन विभाग राजेन्द्र गौतम प्रमुखले जानकारी दिए।

उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिका स्तरमा विशेष कार्यक्रमहरू आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहत कमिटीहरूलाई निर्देश गरेको छ।

काठमाडौँ उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीहरूको आयोजनामा साँस्कृतिक झाँकीसहित जनउत्सव आयोजना गरिने एमालेले जनाएको छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा अध्यक्ष ओलीले मुलुकको समसामयिक परिस्थिति र विकसित नेपाली राजनीतिक घटनाक्रमका बारेमा संक्षिप्त जानकारी गराएका प्रचार विभाग प्रमुख गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad