राजनीति


भट्टराईको सचिवालयले भन्यो: बाबुरामलाई बुद्धि नभएको भन्नु र प्रचण्डलाई कम्युनिस्ट ठान्नु दुवै जोक हुन्

भट्टराईको सचिवालयले भन्यो: बाबुरामलाई बुद्धि नभएको भन्नु र प्रचण्डलाई कम्युनिस्ट ठान्नु दुवै जोक हुन्

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १३:१०, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईमाथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गरेको टिप्पणीमाथि भट्टराईको सचिवालयले पनि टिप्पणी गरेको छ। 

रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा प्रण्डले भट्टराईलाई 'सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। यस्तासँग के गरी एकता गर्ने?' भन्दै हाँस्दै मजाक गरेका थिए। 

यसै अभिव्यक्तिलाई लिएर भट्टराईका स्वकीय सचिव रेखी गुरुङले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन्। उनले बाबुरामले आफ्नो क्षेत्र गोरखा-२ नछाडेको भए सांसद बन्ने अवस्था नभएको भन्दै उनले प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। 

'बाबुरामलाई बुद्धि नभएको भन्नु र प्रचण्डलाई कम्युनिष्ट ठान्नु' आफैँमा दुई ठूला राजनीतिक  जोक हुन्,' उनले भने, 'बाबुरामले आफ्नो क्षेत्र (गोरखा) नछोडेका भए राजनीतिक ठगी गर्न सिपालु प्रचण्ड सायद सांसद पनि बन्ने थिएनन्। यो मानेमा बाबुरामलाइ सोझो र बुद्धि नभएको ठान्ने धेरै गोरखालीहरू मैले पनि भेटेको छु, सुनेको छु।'

प्रचण्ड अहिले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा हिँडेका छन्। गुरुङले भने बाबुरामले बनाएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा मर्निङ वाक गर्दै बाबुराममाथि खिसिट्युरी गरिएको भन्दै भने- प्रचण्डले आफ्नै इतिहास प्रति अट्टहास गर्नु हो।'

उनले प्रचण्डलाई सत्ताको खेलाडी र बाबुरामलाई परिवर्तनको संवाहक पनि भनेका छन्।  'नेपाली राजनीतिमा 'कमेडी शो' भइरहेकै छ। एकथान हास्यरसको लागि धन्यवाद कमरेड' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad