राजनीति


माओवादी सांसदले प्रहार गरिन् महिला समितिका सभापतिलाई माइक

माओवादी सांसदले प्रहार गरिन् महिला समितिका सभापतिलाई माइक

नेपालखबर
जेठ ७, २०८२ बुधबार १३:९, काठमाडौँ

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक प्रहार भएको छ।

बुधबार समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले सभापति साहमाथि माइक र नेम प्लेट प्रहार गरेकी हुन्। 

सभापति साहका अनुसार समिति बैठकमा कुसारी ढिला पुगेकी थिइन्। ढिलो गरी बैठककक्षमा पुगेकी उनले अनुमति नपाएरै बोल्न थालेपछि सभापति साहले रोक्न खोजे। त्यसपछि विवाद भयो। 

'माननीयज्यू ढिलो आउनुभयो। आफू ढिलो आएर अनुमतिबिनै बोल्न थालेपछि मैले तपाईंलाई बोल्न अनुमति छैन भनेको मात्रै के थिएँ, म भएकोतिर माइक फाल्नुभयो,' साहले भने, 'माइक म भएतिर आएन, सांसदहरू भएतिर गयो।'

आजको बैठक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषयमा छलफल भएको साहको भनाइ छ। 

विवादकै बीच कुसारीले सभापति साहमाथि गम्भीर आरोप लगाइन्। उनले सभापति साह सधैँ आफैँ संयोजक बनेर अनुगमनमा जाने, आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको र अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको आरोप लगाइन्।  
 
सांसद कुसारीले पनि आफूले माइक र नेमप्लेटले हानेको बताइन्। 

'मैले माइक र नेमप्लेटले हानेकै हो तर लागेन। भनाभन मात्रै भयो,' उनले भनिन्, 'अब कि म त्यो समितिमा बस्दिनँ, कि सभापतिलाई हटाउनुपर्छ।'

उनले आफूलाई सभामुख देवराज घिमिरेले छलफलका लागि बोलाएको पनि बताइन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad