राजनीति


गभर्नर सिफारिस समिति बैठकपछि मन्त्रिपरिषद् बैठक बस्ने

गभर्नर सिफारिस समिति बैठकपछि मन्त्रिपरिषद् बैठक बस्ने

फाइल तस्बिर


नेपालखबर
जेठ ६, २०८२ मंगलबार १३:५६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार बैठक डाकेर स्थगित गरेका ओलीले आज सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।  बैठक ६ बजे बस्ने बताइएको छ। 

मन्त्रिपरिषद् बैठकअघि नेपाल राष्ट्रबैंकको गभर्नर सिफारिस समितिको बैठक बस्नेछ। ओली-देउवाको आजको छलफलमा अर्थमन्त्री विष्णु पौडेल र रमेश लेखक पनि सहभागी थिए।  उक्त छलफलपछि अपराह्न ४ बजे बस्ने गरी अर्थमन्त्री पौडेलले सिफारिस समितिको बैठक डाकेका छन्।   

आजको मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्तिको निर्णय हुने सम्भावना छ।  बालुवाटार स्रोतअनुसार सभापति देउवाकै प्रस्तावअनुसार निर्णय गर्न प्रधानमन्त्री ओली तयार भएका छन्।  'अब टुंगिने तिर गएको छ,' बालुवाटार स्रोत भन्छ। 

कांग्रेसले विश्व पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेको छ। पौडेलले गभर्नर बन्नकै लागि सिफारिस समितिबाट राजीनामा दिइसकेका छन्।  

गभर्नर सिफारिस समितिको बैठक बोलाइयो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad