बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त अध्यक्ष लीलादेवी गड्तौलाले पदभार ग्रहण गरेकी छन्।
अध्यक्ष गड्तौलासँगै आयोगका सदस्यहरू गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपालीले पनि पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै उनले आयोगका जिम्मेवारी धेरै भएकोले आफूहरू नियुक्त भएर आएपनि वास्तविक औजार भनेको कर्मचारी नै भएको बताइन्।
उनले कर्मचारीलाई आवश्यक सहयोगको आग्रह गर्दै कर्मचारीको सहयोगले जिम्मेवारी पूरा गर्न सजिलो हुने स्पष्ट पारिन्। अध्यक्ष गड्तौलाले आयोगका कर्मचारीले जागिर खाने हिसावले मात्र नभई जिम्मेवारी पूरा गर्ने अभियानमा कर्मचारीको साथ र सहयोगको अपेक्षासमेत गरिन्।
उनले भनिन्, ‘यो आयोगको धेरै जिम्मेवारी छ। तपाईं (कर्मचारी)हरूलाई केही सहयोग चाहिएमा आयोग सधैँ अगाडि हुन्छ। यहाँहरूको सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ। हामी अहिले नियुक्ति भएर आएपनि औजार भनेको कर्मचारी नै हो। कर्मचारीले हामीलाई दिलदेखि नै सहयोग गर्नुभयो भने अगाडि बढ्न सजिलो हुन्छ।’
उनले कर्मचारीसँग आगामी दिनमा आवश्यकताअनुसार छलफल गर्दै जाने बताइन्।
Shares

प्रतिक्रिया